Dashain Banner
Dashain Banner

पुरुषको भन्दा बढी जनसङ्ख्या भएका महिला राजनीतिमा पछाडि  

आइतबार, कात्तिक १३, २०७९

 काठमाडौँ । नेपालमा पुरुषको भन्दा बढी जनसङ्ख्या भए पनि महिलाहरूले चुनावी राजनीतिमा ूप्रभावशाली हस्तक्षेपू गर्न नसक्नुमा ूउम्मेदवार बन्नेदेखि मतदान गर्नेू चरणसम्मका निर्णयमा पुरुषको प्रभाव रहनु मुख्य कारण रहेको विज्ञहरूले बताएका छन्।  त्यस्तो प्रवृत्तिमा केही मात्रामा परिवर्तन देखा परे पनि निर्वाचनमा महिलाको प्रभावकारी भूमिका बढाउन राज्यदेखि नागरिक तहसम्म लाग्नुपर्ने उनीहरूको धारणा छ। संविधान र कानुनले नै निश्चित प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरे पनि चुनावी राजनीतिमा महिलाको भूमिका प्रभावशाली नहुनुमा नेपालको ूसामाजिक चरित्रू दोषी रहेको कतिपय विज्ञको भनाइ छ। त्यसतर्फ राज्य, राजनीतिक दल र नागरिक समाज सबैले ध्यान पुर्‍याउनुपर्नेमा विज्ञहरू जोड दिन्छन्।  
उम्मेदवारको अनुपात
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दिने महिलाको सङ्ख्या हेर्ने हो भने पुरुषका तुलनामा अत्यन्त न्यून देखिन्छ।प्रतिनिधिसभामा १० प्रतिशतभन्दा कम महिला उम्मेदवार छन् भने कुनै पनि प्रदेशसभामा १२ प्रतिशतभन्दा बढी महिला उम्मेदवार नरहेको निर्वाचन आयोगको विवरणले देखाउँछ।  बिबिसी  
 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार