लुम्बिनी प्रदेशमा जसपाका चार सांसद निलम्बित

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका चार सांसद निलम्बित भएका छन् ।  जसपा संसदीय दलको पत्र अनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे निलम्बनमा परेको बिहीबार प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत जानकारी दिएका हुन् । ती निलम्बित सांसदहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको साढे तीन घण्टामै वैशाख ६ गते मन्त्रीमा नियुक्त गरेका थिए ।  उनीहरुमध्ये एकजनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिएनन् । पाण्डेले भौतिक पूर्वाधार विकास मन्त्रालय, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्रालय र रायमाझीले भौतिक पूर्वाधार विकास राज्य मन्त्रालयको जिम्मेवारी समालेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार