अधुरा कामलाई पूरा गर्छौँ : वरिष्ठ नेता रामचन्द्र  पौडेल

शनिबार, कात्तिक १२, २०७९
Global Ime Bank

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले अधुरा विकासका कामलाई निरन्तरता दिन उम्मेदवारी दिएको बताउनुभएको छ । तनहुँको देवघाट गाउँपालिकास्थित वैदी, कोटाका मतदातासँग आज आयोजित भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विगतमा कांग्रेसले सुरु गरेका विकासका योजना अलपत्र परेकाले त्यसको निरन्तरताका लागि आफू उम्मेदवार बनेको बताएका छन्  । 

    “गत निर्वाचनमा नेकपा एमालेले चुनाव जितेपछि जिल्लाको विकास निर्माण अवरुद्ध भयो, कांग्रेसको नेतृत्वमा सुरु भएका योजनाले गति लिन सकेन”, पौडेलले भने , “विकास योजनालाई निरन्तरता दिनु मेरो मुख्य उद्देश्य हो ।” गत निर्वाचनमा जनतामा भ्रम फैलिएका कारण आफूले चुनाव हारेको भन्दै पौडेलले यसपटक जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे । “अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि तनहुँमा रु दुई अर्बभन्दा बढी बजेट आएको छ, कांग्रेसको नेतृत्वमा विकास सम्भव छ”, पौडेलले भने  । 

    मङ्सिर ४ गते हुने निर्वाचनका लागि पौडेलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । तिहार अगाडि एक चरणको घरदैलो सकेका  पौडेलले शुक्रबार मात्रै पुनः गृह जिल्ला आएर घरदैलोलाई निरन्तरता दिएका  छन् । पौडेलले शुक्रबार व्यास नगरपालिका–३ शान्तिनगरमा घरदैलो गरेका  थिए  ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  २१:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार