गठबन्धनले रुपन्देही २ मा जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने

बुधबार, कात्तिक ९, २०७९
Global Ime Bank

काठमाडौँ । गठबन्धनले रुपन्देही क्षेत्र नं २ मा जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । सो निर्वाचन क्षेत्रमा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा समर्थन गर्ने निर्णय गरिएको गठबन्धनका चार शीर्ष नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । 
यसअघि रुपन्देही २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उम्मेदवारी परेको थियो । गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले थापालाई समर्थन गर्ने निर्णय गरेको हो । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  २१:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार