निर्वाचन आयोगले प्रकाशित गर्‍यो समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची

प्रतिनिधिसभाको समानुपातिकतर्फ २२ सय उम्मेदवार
बुधबार, कात्तिक ९, २०७९
Global Ime Bank

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोले जनाएको छ । 
प्रतिनिधिसभाको समानुपातिकतर्फ लागि दुई हजार एक सय ९९ जना उम्मेदवार रहेका छन् । प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ का लागि छ सय १६, मधेसका लागि आठ सय ६३, बागमतीका सात सय ५४, गण्डकीका लागि तीन सय ४४, लुम्बिनीका पाँच सय ७९, कर्णालीका लागि दुई सय र सुदूरपश्चिम प्रदेशका लागि तीन सय ५२ उम्मेदवार छन् । 
सो समानुपातिकतर्फ दलले पेश गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका पाँच सय ५० जनाको नाम सूचीबाट हटाइएको आयोगले जनाएको छ । समानुपातिक प्रणालीतर्फ लागि राजनीतिक दलले पेश गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा गरी छ हजार चार सय ५७ उम्मेदवार थिए । 

प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २१९९ उम्मेदवार रहेका छन् । यसैगरी प्रदेश सभा सदस्य निर्वाचनतर्फ प्रदेश नं.१ को लागि ६१६ जना, मधेश प्रदेशको लागि ८६३ जना, बागमती प्रदेशको लागि ७५४ जाना, गण्डकी प्रदेशको लागि ३४४ जना, लुम्बिनी प्रदेशको लागि ५७९ जना, कर्णाली प्रदेशको लागि २०० जना र सुदुरपश्चिम प्रदेशको लागि ३५२ जना उम्मेदवारहरु रहेका छन् ।
सो समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका मध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५५० जना व्यक्तिहरुको नाम सूचीबाट हटाइ यसअघि सार्वजनिक भइसकेको छ । उक्त प्रणालीतर्फ लागि राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा गरी ६४५७ जना उम्मेदवारहरू रहेका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  २०:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार