कांग्रेसद्वारा सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन

बुधबार, कात्तिक ९, २०७९
Global Ime Bank

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन गरेको छ ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि गठन गरिएको उक्त समितिमा कांग्रेसले आज आठ सय १४ सदस्य मनोनीत गरेको हो । ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचारप्रसार समिति’ का संयोजक एवं पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचारप्रसार समितिका सदस्य नैनसिंह महरको संयोजकत्वमा गठन गरेको ‘नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सूचना सङ्कलन तथा अनुगमन उपसमिति’ मा  आठ सय १४ सदस्य थप मनोनयन गर्नुभएको पार्टीको कन्द्रिय कार्यालयकामुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘गणतन्त्र र सङ्घीयता बचाउनपाँच दलीय गठबन्धन’
    
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संविधान, लोकतान्त्रिक गणतन्त्र र सङ्घीयता बचाउनका लागि पाँच दलीय गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको बताएका छन् । 
नेपाली कांग्रेस भक्तपुर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं नेपाल संवत् ११४३ नयाँ वर्षको भित्तेपात्रो सार्वजनिक गर्दै उनले गठबन्धन चुनावी अभियान मात्र नभई राष्ट्रलाई सङ्कटबाट जोगाउनका लागि पनि भएको बताए । 
सहमहामन्त्री परियारले लोकतन्त्र र गणतन्त्रअझै खतरामा रहेकाले एमालेले संविधान धुजाधुजा पार्ने कार्य गरेकाले देशको संविधान, लोकतन्त्र र राष्ट्रियता बचाउन पनि आउँदो निर्वाचनमा गठबन्धन अपरिहार्य भएको बताए । 
उनले भने, “एमालेको साँठगाँठ दक्षिणपन्थी र राजावादीसँग छ, त्यसका विरुद्ध पाँच दलीय गठबन्धन बनेको हो, चुनावपछि पनि यो गठबन्धनले निरन्तरता पाउँछ, त्यसैले हिजोका दिनमा रुखमा भोट हाल्नेले पनि अब हसियाँ हथौडा र कलममा भोट हाल्न नहिच्किचाउनुसु ।”
टिकट बाँड्दा पार्टीको केही कमीकमजोरी रहेको स्वीकार्दै परियारले यसको जिम्मेवारी आफूले पनि लिने बताए । उनले यस्ता कमजोरीलाई बिर्सेर निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनलाई विजयी बनाउनकार्यकर्ता हिँड्नुपर्ने बताए । कार्यक्रममा उनले नेपाल संवत् ११४३ नयाँ वर्षको भित्तेपात्रो सार्वजनिक गरे । 
कार्यक्रममा कांग्रेसकेन्द्रीय सदस्य रमा कोइराला, मदनकृष्ण श्रेष्ठ, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेल, राज्यमन्त्री रजनी जोन्छे, नेताबाबुराजा जोशी, नारायण तमखुलगायतले निर्वाचन एकमात्र दृष्टि रहेको र यसलाई सफल पार्ने बताएका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  ०६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार