हजुरबा–हजुरआमालाई सम्झने हुक्काहुक्की खेल गौरीगञ्जमा

जग्गादाता तथा जनप्रतिनिधि सम्मानित
बुधबार, कात्तिक ९, २०७९

दमक । दीपावलीको अवसरमा पूर्वी नेपालका आदिवासी समुदायले धुमधामसँग सामूहिकरूपमा हुक्काहुक्की खेलको आयोजना गरेर मनाइएको छ । 
यसैक्रममा राजवंशी समाज विकास समिति गौरीगञ्ज र राजवंशी समाज विकास समिति वडा नं ६ को संयुक्त आयोजनामा सोमबार गौरीगञ्जमा सामूहिक हुक्काहुक्की, सांस्कृतिक तथा सम्मान कार्यक्रमको आयोजना गरी मनाइएको छ । 
तराईका आदिवासी समुदायले परम्परागतरूपमा मनाउँदै आएको हुक्काहुक्की खेल दादोदादी भनेर हजुरबा हजुरआमालाई सम्झिँदै मनाउँदैआएका छन् । पूर्वका राजवंशी, ताजपुरिया, गन्गाई, माझी समुदायले हुक्काहुक्की मनाउँदैआएको राजवंशी समाज विकास समितिका गौरीगञ्ज अध्यक्ष गोपालप्रसाद राजवंशीले बताए ।
उनका अनुसार दादो दादी हुक्का दे भन्दै सुन्ठीमा आगो बालेर आकाशतिर फाल्ने खेल हुक्काहुक्की विशेषतः लक्ष्मीपूजाको दिन साँझमा खेल्ने गरिन्छ । दिवङ्गत हजुरबुबा, हजुरआमा वा जोसुकै पितृलाई ‘हामीले तिमीलाई सम्झिएका छौँ हामीलाई आशीर्वाद देऊ’ भनी आशीर्वाद माग्दै हुक्काहुक्की खेल्ने परम्परा रहेको आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव कमलप्रसाद राजवंशी बताउँछन् । 
लक्ष्मी पूजाको बिहानै आ–आफ्नो धान खेतमा गई अरुभन्दा हाम्रो धान राम्रो फलोस्, अरुको धान भन्दा हाम्रो धान दूधको जस्तो होस् भन्दै आशीर्वाद माग्ने गर्छन् । खेतबाट इलुवा (एकप्रकारको घाँस) घरमा ल्याएर सुन्ठीलाई बाँधेर हुक्का बनाउँछन् । घरको देवता र महाराजथानमा हुक्का चढाएर देवतासँग घरका सबै सदस्यलाई वर्षभरि निरोगी र सुख सयलमा राख्नु भन्दै आशीर्वाद लिने चलन रहेको उनी बताउँछन् । 
साँझपख सामूहिकरूपमा हुक्कामा आगो सल्काएर हुक्काहुक्की खेल खेल्ने गर्छन् । हुक्काहुक्की खेल खेलिसकेपछि मान्यजनबाट आशीर्वाद लिई प्रसादकारूपमा पिठ्ठ (चामलको पिठोले बनाएको एक परिकार)खाने चलन रहेको छ । हुक्काहुकी खेल आदिवासी समुदायमा विशेष महत्व रहेको र समयको परिवर्तनसँगै सांस्कृतिक महत्व बोकेको हुक्काहुकी पर्व सुन्ठीको अभाव र युवापुस्तामा पर्वबारे जागरुकताको कमीले दिनानुदिन लोप हुँदै गएको सदस्य सचिव राजवंशीको भनाइ छ ।

उपभोक्ताको रोजाइमा अल्लोको टोपी  

तिहारको मध्य समय  तिहार आएसँगै फुङ्लिङ नगरपालिका–४ का उशन फुरुम्बूको व्यस्तता बढेको छ । तिहारका लागि अल्लोको टोपीको माग बढेको छ । माग धान्न अहिले अल्लोको धागो खेलाउन दैनिकी बनेको छ । 

allo-saman1666743812.jpg
फुरुम्बु बिहानैदेखि रातिसम्म कपडा सिलाउने मेसिनमा अल्लोको टोपी सिलाउनुमा व्यस्त छन् । मेसिन चलाउनु, धागो र कैँची खेलाउने उनको पुर्ख्यौली पेसा भने होइन । तीन चार महिना अगाडि मात्र यी काम उनले सिकेका हुन् । उनकी श्रीमती आशा लिम्बूले ताप्लेजुङमा पहिलोपटक उत्तम अल्लो कपडा उद्योग सञ्चालनमा ल्याएकी थिइन् । लिम्बू आफैँले अल्लोको धागो बनाएर कपडा बुन्थिन् । विस्तारै अल्लोको कपडा उत्पादन हुनथाल्यो । फुरुम्बुले उत्पादन भएको अल्लोको कपडा ढाकाको टोपी बुन्न सिक्न थाल्नुभयो । सिकेको चार पाँच महिनामा राम्रो टोपी सिलाउन थाले । 
अहिले उनी माग आएको अल्लोको टोपी सिलाउनमा व्यस्त छिन् । उनले भनिन्, “अगाडि सिलाएको टोपी बिक्री भइसक्यो । अहिले मागअनुसारको टोपी सिलाउँदै छु ।” अल्लोको कपडाको टोपी छ सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएको उनले बताइन् । 
तिहारको विशेष भाइटीकाका लागि अल्लोको टोपीको धेरै माग आएको छ ।    
बजारमा देउसीभैली कार्यक्रम चलिहरेको छ तर फुरुम्बु भने अल्लोको टोपी सिलाउनमै व्यस्त छन् । उनलाई देउसीभैलो कार्यक्रम हेर्न बाहिर निस्कनसम्म फुर्सत छैन । 
यता ढाकाको टोपीको व्यापार भने घटेको छ । फुङ्लिङ नगरपालिका–४ का ताप्लेजुङ ढाका पसल सञ्चालक कुमार येङ्देनले अघिल्लो वर्षको तिहारमा एक हजार ४० थान ढाकाको टोपी बिक्री गरे । टोपी बिक्रीबाट मनग्य आम्दामी लिए । यस वर्षको तिहार मध्य समय भएको छ तर येङ्देनले अहिलेसम्ममा एक सय थान मात्र टोपी बिक्री गरेका छन् । दसैँ तिहारमा विगतमा जस्तो ढाकाको टोपीको व्यापार नभएको फुङ्लिङ–७ अवस्थित सोनी ढाका कपडा उद्योगका कार्यरत एक उद्यमीले बताए । 
लामो समयदेखि ढाकाको टोपी प्रयोग गर्दै आएका उपभोक्तामा अल्लोको कपडा रोजाइमा पर्न थालेको फुङ्लिङ–५ का विक्रम लिम्बूले बताए । उनले भने, “उपभोक्ता जहिले पनि नयाँ वस्तुको खोजीमा हुन्छन् । ढाकाको टोपी विगतदेखिनै प्रयोगमा छ । अल्लोबाट बनेको टोपी भर्खरदेखि प्रयोगमा आउँदै छ ।” ताप्लेजुङमा अल्लोको टोपी प्रयोगमा आउन थालेको धेरै समय भएको छैन । त्यसैले पनि उपभोक्ताको रोजाइमा पर्न थालेको पाइन्छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार