आज विश्व मूर्ख दिवस मनाइँदै

बुधबार, चैत १८, २०८२

काठमाडौं । आज विश्व मूर्ख दिवस मनाइँदै छ । आज अप्रिल १ तारिख अर्थात ‘विश्व मूर्ख दिवस’ नेपालसहित विश्वभर अरूलाई मुर्ख बनाएर मनाइँदै छ । आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ‘मूर्ख’ बनाउने गर्दछन् । ‘विश्व मूर्ख दिवस’ प्रत्येक वर्ष १ अप्रिल (चैत्र १९) मा मनाइने गरिन्छ । पहिले यो दिवस फ्रान्स र अन्य युरोपेली देशहरूमा मनाइने गरिए पनि बिस्तारै अन्य देशहरूले पनि यो दिवस मनाउन थालेका हुन् । यो दिन एकअर्कासँग रमाइलो गरेर मनाइन्छ ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार