चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु, एक जना घाइते

बुधबार, चैत १८, २०८२

काठमाडौं । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा–१ भैसेमा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । चट्याङ लागेर ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो । प्रहरीका अनुसार उनको उपचारको लागी झुरझुरेस्थित सान्भि पोलोक्लिनिकमा लागिएको थियो । उनलाई थप उपचारको लागि हेटौडातर्फ पठाउदाँ २३ः२५ बजे डाक्टरले मृत घोषणा गरेको हो । चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । दुवै जनालाई माछा मारी घर फर्केने क्रममा हिडिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार