सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन साहले सांसदको शपथ ग्रहणसँगै सर्वोच्च अदालतमा उपस्थित भएर आफ्नो मुद्दाको आगामी सुनुवाइको तारिख प्राप्त गरेका छन् । साहविरुद्ध दायर अवहेलना मुद्दा तीन वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन छ । यसअघि उच्च अदालत पाटनले सिनेमा हलहरूमा हिन्दी चलचित्र प्रदर्शन नगर्न नहुने अन्तरिम आदेश जारी गरेको थियो । त्यो आदेशपछि मेयर साहले सामाजिक सञ्जालमा व्यक्त गरेको विषयलाई लिएर अधिवक्ता वर्षा झालेले सर्वोच्चमा अवहेलनाको निवेदन दायर गरेकी थिइन् । सर्वोच्चमा उपस्थित भएर आफ्नो पक्ष राख्ने क्रममा साहलेले उक्त मुद्दाको सुनुवाइको १४ जेठ का लागि आगामी तारिख तोकेको जानकारी प्राप्त गरेका छन् ।