समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी

मंगलबार, कात्तिक ८, २०७९

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी भइसकेको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बाँकी नौ जिल्लाको मतपत्र ढुवानी तिहार लगत्तै हुनेछ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३६ जिल्लाको र सोही प्रणालीको प्रदेशसभाका लागि ३३ जिल्लाका मतपत्र छपाइ सम्पन्न भएको छ । दुवैतर्फ गरी आवश्यक पर्ने गरी चार करोड मतपत्रमध्ये कूल दुई करोड ९० हजार पाँच सय मतपत्र छपाइ भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ ९ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न गरेको छ । यसैगरी प्रदेश सभातर्फ ३३ जिल्लाको ९० लाख ७६ हजार ५०० मतपत्र छपाइ सकिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि कूल १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ भइसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ ९ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी

समानुपातिक तर्फ ९ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी छ । बाँकी रहेका जिल्लाहरू मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा छन् ।
प्रतिनिधि सभा तर्फ समानुपातिक निर्वाचनका लागि १ करोड ९३ लाख १३ हजार मतपत्र ढुवानी सम्पन्न भइसकेको छ ।
प्रदेश सभा तर्फ १ करोड ९३ लाख १३ हजार ढुवानी मतपत्र ढुवानी सम्पन्न भइसकेको छ ।

प्रतिनिधि सभा तर्फ ५ लाख ५८ हजार मतपत्र र प्रदेश सभा तर्फ ५ लाख ६७ हजार मतपत्र ढुवानी हुन बाँकी छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार