धनुषामा आज सत्ता गठबन्धन दलका अगुवा कार्यकर्ता भेला

शनिबार, कात्तिक ५, २०७९
Global Ime Bank

जनकपुरधाम । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरू आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आउने कार्यक्रम छ । 
गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरू जनकपुरधाम आउन लाग्नुभएको कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले जानकारी दिए । 
कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति पञ्जियारले बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार