चरित्र हत्या गरेको विषयमा अनलाइनलाई कारबाही गर्न काउन्सिललाई पत्र

शुक्रबार, कात्तिक ४, २०७९
Global Ime Bank

काठमाडौं । निर्वाचन आयोगलले पौरखी नेपाल तथा मेरो नेपाल नामक फेसबुक पेजबाट व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गरिएको र सुन्दरी युवती भन्दै भ्रामक श्रव्यदृष्य सामग्री सम्प्रेषण गरिएको विषयमा आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको छ ।
रञ्जिता सिलवाल (चितवन) ले आफ्नो चरित्र हत्या भएको भनी दिएको उजुरीका आधारमा आयोगले काउन्सिललाई सो आग्रह गरेको छ । उक्त विषयमा निवेदकका बारेमा मेचीकाली खबर नामक अनलाइनबाट सामग्री प्रकाशन भएको भन्ने जानकारी आएकाले उक्त प्रकाशित सामग्री तत्काल हटाइ सम्बद्ध अनलाइनलाई आवश्यक कारबाही गर्न काउन्सिललाई आग्रह गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १९:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार