Dashain Banner
Dashain Banner

नेकपा एसका उम्मेदवार किसान श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण

बुधबार, कात्तिक २, २०७९

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उलङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार श्रेष्ठले बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने भनी मतदतामाझ बोलेको भिडियो प्राप्त भएको सम्बन्धमा निर्वाचन आयोगमा वा उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था रहेको स्मरण गराउँदै आयोगले सो सम्बन्धमा के कसो भएको हो रु भनी पत्र पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार