ओलम्पीकमा सहभागीको दैनिक कोरोना परीक्षण गरिने

बुधबार, वैशाख १५, २०७८

टोकियो । जापानको टोकियोमा हुने तय भएको ओलम्पिक खेलकुँद प्रतियोगितामा सहभागी सवैको दैनिक कारोना परीक्षण गरिने भएको छ ।   प्रतियोगिता अगाडि बढाउने क्रममा नजिक नजिक रहनु पर्ने र एक आपसमा छोइनु पर्ने खेलाडी, खेल पदाधिकारी र सहयोगीहरूको दैनिक परीक्षण गर्ने निर्णय भएको हो ।  अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाचसमेतको सहभागीतामा भएको बैकपछि प्रतियोगिताका आयोजकहरूले बुधबार यस बारेमा जानकारी दिएका हुन् ।  बैठकमा टोकियो महानगर सरकार, जापानको केन्द्रीय सरकारका उच्च अधिकारी र सरोकारवाला अन्य पदाधिकारीहरू समेत सहभागी भएका थिए ।  भर्चुअल माध्यमबाट भएको बैठकमा अन्तर्राष्ट्रिय अध्यक्ष बाचले प्रतियोगितालाई सफल र सुरक्षित बनाउन सवैको प्रतिवद्धताका लागि आग्रह गर्नुभएको थियो । उहाँले त्यसमा आफु पनि उत्तिकै प्रतिवद्ध रहेको पनि उल्लेख गरेका थिए । कोरोनाभाइरसको महामारीका कारण आशंकाको घेरामा परेको प्रतियोगिता सम्पन्न गर्न सरोकारवालाहरू उत्तिकै सक्रिय भएर लागेका छन् ।  यसअघि सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय भएको प्रतियोगिता कोरोनाभाइरसको महामारीका कारण एक बर्ष पछाडि सारिएको हो ।– सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  २१:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार