दुई लाख भारतीयको कोरोना सङ्क्रमणबाट मृत्यु 

बुधबार, वैशाख १५, २०७८

नयाँ दिल्ली । भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार २२९ जनाको कोरोनसङ्क्रमणको कारण ज्यान गएपछि मृत्यु हुनेको सङ्ख्या दुई लाख एक हजार १८७ पुगेको यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालउले जानकारी दिएको छ । एकै दिनमा कोरोनाबाट ठूलो सङ्ख्यामा मृत्यु भएको यो वर्ष शुरु भएयताकै यो सबैभन्दा धेरै भएको छ । मङ्गलबार एकै दिनमा तीन लाख ६० हजार ९६० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ७९ लाख ९७ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित हुन पुगेका छ । एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो सातौँ दिन हो । कोरोना महामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या हो । भारतमा हाल २९ लाख ७८ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा हालसम्म एक करोड ४८ लाख १७ हजारभन्दा बढी कोरोना मुक्त भएका छन् । गत जनवरी १६ देखि शुरु भएको कोरोना भाइरसविरुद्ध खोप अभियानमा १४ करोड ५५ लाखभन्दा  भारतीयले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।  
भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखि लगाउन थालिएको हो ।  भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका छ । यहाँ गत सोमबार एकैदिनमा २० हजार २०१ जना थप व्यक्ति कोरोना भाइरस सङ्क्रमण देखिएको र ३८० जनाको मृत्यु भएको छ । दिल्ली कोरोना शुरु भएदेखि हालसम्म यसको सङ्क्रमणको कारण १५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  २१:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार