सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट विद्रोही उम्मेदवार बनेकालाई आगामी कात्तिक ४ गतेसम्म आफ्नो उम्मेदवारी निष्क्रिय गर्न पाउने व्यवस्था गरेको छ । कांग्रेसले एक विज्ञप्तिमार्फत कात्तिक ४ गतेभित्र सार्वजनिकरूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकउपरको कारबाही पार्टीले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने जानकारी गराएको हो । त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्णरूपमा सक्रिय रहने प्रतिबद्धतासहित सार्वजनिकरूपमा वक्तव्य प्रकाशित गर्नुपर्नेछ । यसअघि कांग्रेसले निर्वाचनमा गठबन्धन दलहरूबीच सहमति भई बनेका कांग्रेसका र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिई यही असोज २६ गतेभित्र उम्मेदवारी फिर्ता नलिएकालाई पार्टीको सदस्यतासमेत नरहने गरी पाँच वर्षका लागि निष्काशन गरेको थियो । साथै त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई समेत कांग्रेसको विधानबमोजिम निष्काशन गरिएको थियो ।
कांग्रेसका दामोदर भुसालले गराए उम्मेदवारी निष्क्रिय
गुल्मीको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कांग्रेस नेता डा दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् । नेपाली कांग्रेसले दिएको समयभित्र कांग्रेस गुल्मी पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जानकारी दिए । गुल्मीको क्षेत्र नं सत्तारूढ गठबन्धनको भागबन्डाअनुसार नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ । यहाँ एकीकृत समाजवादीका सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्री सत्तारूढ गठबन्धनको साझा उम्मेदवार छिन् । झाँक्रीविरुद्ध उम्मेदवारी दिएका भुसालले नेताहरूको आग्रह, राष्ट्रिय समीकरण र कार्यकर्ताको शुभेच्छाले उम्मेदवारी निष्क्रिय बनाएको बताए । उनले पार्टीको निर्देशनानुसार सत्तारूढ गठबन्धनको साझा उम्मेदवार झाँक्रीलाई समर्थन तथा सहयोग गर्ने पनि बताए । उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्न गरिएको पत्रकार सम्मेलनमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार झाँक्री र नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले भुसालकोउम्मेदवारी निष्क्रियले सत्तारूढ गठबन्धनका सबै उम्मेदवार विजय हुनेमा निश्चित रहेको दाबी गरे ।
केन्द्रीय प्रचार–प्रसार समितिमा सदस्य मनोनित नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ मा सदस्य मनोनित गरेको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महत संयोजकत्वमा गठित समितिमा आज पार्टीका केन्द्रीय सदस्य, भ्रातृ तथा शुेभच्छुक संस्थाका पदाधिकारीलगायतलाई मनोनित गरेका हुन् ।