बङ्गलादेशमा रुसी कोरोना खोप प्रयोगका लागि अनुमति 

बुधबार, वैशाख १५, २०७८

ढाका । बङ्गलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बङ्गलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो । बङ्गलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिएका हुन् । उनले बुधबार भनेका छन्, ‘बङ्गलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ ।’  रहमानले भने, ‘हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बङ्गलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ ।’ आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर्काे डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  २०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार