प्रतिनिधि–प्रदेश सभाको प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छापियो

सोमबार, असोज ३१, २०७९
Global Ime Bank

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षप्रणालीतर्फको मतपत्र छपाई धमाधम भइरहेको छ । आइतबारसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकिएको छ । छपाई भएका मध्ये प्रदेश सभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधि सभा सदस्य निवाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका छन्
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाई भने यसअघि नै सकिएको छ । हाल जिल्ला–जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइरहेको छ । आइतबारसम्म ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुलीसहित २८ वटा जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइसकेको छ । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार तथा प्रतिनिधि सभातर्फ २ करोड चार लाख मतपत्र छापिएको छ । आयोगले जनक शिक्षा सामाग्री केन्द्रमा मतपत्र छपाइ भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार