Dashain Banner
Dashain Banner

दलको पक्षमा प्रचार गरेका शिक्षकलाई २४ घण्टे स्पष्टीकरण

सोमबार, असोज ३१, २०७९

गण्डकी । पर्वत जिल्लाको श्री वाल प्रथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यलयले २४ घण्टे स्पष्टीकरण मागेको छ । 
जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माद्वारा जारी विज्ञप्तीमा फलेवास नगरपालिका वडा नं. ४ मा रहेको विद्यालयका शिक्षक तिवारीले मंसिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता विपरित ‘आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार सामाग्री पोष्ट तथा सेयर गरी भोट मागी चुनावी प्रचार प्रसार गरेको’ उल्लेख गरिएको छ । 

teacher1665991533.jpg

विज्ञप्तिमा असोज ३० गते बसेको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकले शिक्षक तिवारीले आफै उपस्थित भई लिखित स्पष्टिकरण दिनुपर्ने उल्लेख गरिएको छ । मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा सबेको बैठकलाई उधृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐनको दफा २३ अनुसार कारवाही किन गर्न नपर्ने हो, २४ घण्टाभित्र जिल्ला निर्वाचन कार्यालय पर्वतमार्फत जिल्ला आचारसंहिता अनुगमन समितिसमक्ष आफै उपस्थित भई लिखित स्पष्टिकरण पेश गर्न स्पष्टीकरण माग गरी कारवाही प्रकृया अगाडी बढाइएको व्यहोरा जानकारी गराइन्छ ।’

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार