सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । सोमबार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौ जिल्लामा मतपत्र ढुवानी भएसँगै प्रदेश नं. १, मधेश प्रदेश र बागमति प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । योसँगै समानुपातिक निर्वाचन प्रणालीतर्फ ढुवानी भएको मतपत्रको संख्या २ करोड २२ लाख २५ हजार पुगेको छ । जसमा प्रदेश सभातर्फ १ करोड १४ लाख ९९ हजार तथा प्रतिनिधिसभाका लागि १ करोड ७ लाख २६ हजार मतपत्र रहेका छन् । ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुली जिल्लामा यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी भइसकेको छ ।