सोसल मिडिया
Contact Us
युनिकोड
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पौडेलले नेकपा (एमाले)का प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा.रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंसमक्ष पद तथा गोपनीयताको शपथ लिएर अपराह्न देखि नै कार्यभार सम्हाली सकेका छन् । गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा प्रस्तावक रहेका शालिकराम जम्मकट्टेल, अरुणप्रसाद नेपाल र युवराज दुलालले राजीनामा दिएपछि ती पद रिक्त थिए । मन्त्रिपरिषद् विस्तारमा एमाले भित्रको माधव नेपाल समूहका प्रदेश सभा सदस्यलाई भने समेटिएको छैन । मन्त्रिपरिषद विस्तारप्रति टिप्पणी गर्दै माधवकुमार नेपालले पार्टी भित्र छलफल नै नगरी अध्यक्ष केपी ओलीले एकलौटी तरिकाले मन्त्रिपरिषद् विस्तार गरेको आरोप लगाएका छन् ।