रूपन्देही–२ गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

कात्तिक २ गते दुवै  पक्षलाई छलफलका लागि बोलाइयो 
सोमबार, असोज ३१, २०७९
Global Ime Bank

काठमाडौँ । सर्वोच्च अदालतले रूपन्देही–२ बाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले आज गुरुङको उम्मेदवारी खारेज गर्ने यही असोज २५ गतेको निर्वाचन अधिकृतको कार्यालयलाई निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अदालतले गुरुङको उम्मेदवारी खारेज गर्नुको कारण पेस गर्न आदेशमा भनिएको छ भने मुद्दामा आगामी कात्तिक २ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
रूपेन्दही–२ मा निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको उम्मेदवारीविरुद्ध नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार गुरुङले सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दायर गरेका थिए । 
गुरुङविरुद्ध बैंकिङ कसुरमा दोषी ठहर भएको उल्लेख गर्दै उजुरी दर्ता भएपछि निर्वाचन अधिकृतको कार्यालयले खारेज गर्ने निर्णय गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  ०४:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार