वाम लोकतान्त्रिक गठबन्धन संविधान रक्षाका लागि : प्रचण्ड

आइतबार, असोज ३०, २०७९
Global Ime Bank

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान बामलोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभई संविधानको रक्षाका लागि बनेको बताएका छन् । यहाँस्थित सत्ता गठबन्धनले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए । 
“यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन”, अध्यक्ष दाहालले भने, ‘संविधान ध्वस्त पार्ने अवस्था आएपछि त्यसको रक्षाका लागि गठबन्धन निर्माण गरिएको हो ।” उनले संविधान रक्षा गर्न गठित गठबन्धन निर्वाचनसम्म आइपुगेको बताउनुभयो । “पटक–पटक संविधान च्यात्ने कोसिस भएपछि यही गठबन्धनले संविधानको रक्षा गरेको हो”, उनले भने, “अब यसलाई मङ्सिर ४ गतेको चुनावमा सदुपयोग गर्नुपर्छ ।” 
फरक प्रसङ्गमा अध्यक्ष दाहालले आफू नयाँ रेकर्ड बनाउने उद्देश्यसहित गोरखामा निर्वाचन लड्न लागेको भन्दै यसको छुट्टै महत्व रहेको समेत बताउनुभयो । “गोरखा जिल्ला आफ्नो लागि अपरिचित जिल्ला होइन”, उहाँले भन्नुभयो, “गोरखाको भूगोल, संंस्कृति र जनतालाई मैले राम्रोसँग बुझेको छु ।”
उनले आफू गोरखा २ नम्बर क्षेत्रबाट निर्वाचन लड्न लागेको भए पनि समग्र गोरखा जिल्लालाई आधार बनाएर देशको आर्थिक समृृद्धिको थालनी पनि गोरखाबाट नै गर्ने बताए । 
नेपालमा थुप्रै राजनीतिक परिवर्तन भए पनि आर्थिक समृद्धिसँग जोडेर अघि बढाउन नसक्दा दिगो हुन नसकेको उनको भनाइ थियो ।

सङ्क्रमणकालीन न्याय तार्किक निष्कर्षमा पु¥याउन कांग्रेस माओवादी मिल्न जरुरी : पुन

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले लामो समयदेखि थाँती रहेको सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पु¥याउन कांग्रेस माओवादी मिलन आवश्यक रहेको बताएका छन् । 

गठबन्धन दलले रोल्पा सदरमुकाम लिवाङमा आयोजना गरेको  पत्रकार सम्मेलनमा उनले शान्ति प्रक्रियाका मुख्य दुई साझेदार कांग्रेस माओवादीको सहकार्य बिना शान्ति प्रक्रियाको बाँकी काम पूरा नहुने बताए । 
गठबन्धन हुन्छ की हुँदैन भन्ने अन्योलका बीच देशका सबै निर्वाचन क्षेत्रमा गठबन्धन गर्न सफल भएको उनको भनाइ थियो । उनका अनुसार देशभर करिब दुई सय ठाउँमा बागी उम्मेदवारी रहेकामा अहिले सो सङ्ख्या १० मा झरेको छ । 

रोल्पा प्रदेशसभा–२ मा गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध परेको बागी उम्मेदवारीका विषयमा उनले भने, “गठबन्धनको मर्म बुझेर उहाँ पछि हट्ने विषयमा सकारात्मक हुनुहुन्छ ।” पत्रकार सम्मेलनमा बामलोकतान्त्रिक गठबन्धनको बैकठले गरेका निर्णय पनि सार्वजनिक गरिएको थियो । 

कांग्रेससँगको सहकार्य चुनावी तालमेलका लागि मात्र होइन : डा भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताएका छन् । 
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा आज आयोजित वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्लास्तरीय नेता कार्यकर्ताको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले समृद्धिका लागि कांग्रेससँगको सहकार्य भएको बताए ।
“प्रतिगमनका विरुद्ध लड्ने क्रममा त हामी सबै एक ठाउँमा आयाँै, त्यो आउनु पनि पथ्र्याे”, उनले भने, “त्योभन्दा माथिको जुन विकास र समृद्धिका कुरा गरिरहेका छौँ, त्यसमा पनि वामपन्थी र नेपाली कांग्रेसबीचको सहकार्य नभइकन देशमा दिगो शान्ति हुँदैन, दिगो शान्ति नभए राष्ट्रिय एकता कायम हुँदैन र विकास समृद्धि पनि हुँदैन ।”
उनले विकास समृद्धिका लागि आफूहरूले कांग्रेससँगको सहकार्यलाई दीर्घकालीन महत्व दिएको विषय भएकोसमेत उल्लेख गरे । 
“यसलाई तपाईंहरू खाली चुनावी तालमेल मात्र नभन्नु होला”, उनले भने, “कतिपयले कम्युनिष्ट समाजवादी र कांग्रेस माओवादीविपरीत धु्रव चुनावी स्वार्थका लागि आए भन्नेछ त्यो अपवित्र गठबन्धन हो भन्ने गरेका छन्, तर सबैभन्दा पवित्र गठबन्धन यही हो ।”
अध्यक्ष डा भट्टराई गोरखा क्षेत्र नं २ मा आफूले निर्वाचनमा टिकट नपाउने भएर चुनाव नलडेको र प्रचण्डले चितवनमा हार्ने भएकाले गोरखा आएको भन्ने कुरा दुवै भ्रम मात्र रहेकोसमेत बताए । 
“मैले गोरखामा टिकट नपाउने भन्ने पनि होइन, मैले हस्तान्तरण गर्न चाहेको थिएँ, त्यो पूरा भएको छ”, उनले भने, “प्रचण्डले चितवनबाट चुनाव नजित्ने भन्ने थिएन तर इतिहास निर्माणका लागि उहाँ गोरखाबाट चुनाव लड्न आउनुभएको हो ।”
“राणा शासनकाविरुद्ध लड्दादेखि राजासँग लड्दासम्म इतिहास निर्माणको थलो गोरखा थियो”, उनले भने, “अब फेरि एकपटक समृद्धीकरण मोडल पनि गोरखा बन्नसक्छ ।”
 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  ०४:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार