सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तको मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । जसपा सांसद रेशम चौधरीको मुद्दा अदालती प्रक्रियाबाट फिर्ता लिनु पर्ने भएकाले उनी भने मुद्दा फिर्तीको सूचीमा समावेश छैनन् । ओलीलाई जसपाले समर्थन गर्दा मुद्दा फिर्ताको विषयलाई प्राथमिकताका राखेको थियो । जसपा अहिले सरकार सञ्चालनका लागि महत्वपूर्ण दल बन्न पुगेको छ । मुद्दा फिर्ता र संविधान संशोधनको विषयलाई प्रमुख मागका रुपमा उठाउँदै आएको छ ।