तनहुँमा महिला उम्मेदवार चार प्रतिशत 

बिहीबार, असोज २७, २०७९
Global Ime Bank

तनहुँ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा तनहुँमा कूल उम्मेदवारमध्ये चार प्रतिशत महिलाले मात्र उम्मेदवारी दर्ता गराएका छन् । 
तेत्तीस प्रतिशत महिलाको नाममा वकालत गर्ने मुख्य राजनीतिक दलले नै महिला उम्मेदवारीका लागि उपेक्षा भाव राखेको पाइएको छ । संविधानमा उल्लेख गरेअनुरुप महिला उम्मेदवारका लागि कुनै पनि राजनीतिक दलले स्थान दिएको नपाइएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । 
प्रतिनिधिसभा सदस्यमा २६ र प्रदेशसभा सदस्यमा ३६ गरी कूल ६२ उम्मेदवारले उम्मेदवारी दर्ता गरेकामा प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक महिलाले उम्मेदवारी दिएका छन् । प्रतिशतका हिसाबले निर्वाचनमा करिब चार प्रतिशत महिलाको सहभागिता देखिएको जिल्ला निर्वाचन अधिकृत ढकालले बताए । उनका अनुसार कूल ६२ उम्मेदवारमा कम्तीमा २० महिलाको उम्मेदवारी हुनुपर्ने थियो । 
 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ०३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार