ग्ण्डकी प्रदेश सरकारका कानुनमन्त्री विन्दुकुमार थापाले फिर्ता गरे सुविधाको गाडी

मंगलबार, असोज २५, २०७९
Global Ime Bank

गण्डकी । गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी सुविधा फिर्ता गरेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनको तर्फबाट कास्की २ (ख) मा प्रदेशसभा सदस्यका लागि आइतबार उम्मेदवार मनोनयन दर्ता गरेका मन्त्री थापालेसवारी सुविधा फिर्ता गरेका हुन् ।
मन्त्री थापाले गण्डकीको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीका रूपमा प्रयोग गर्दै आउनुभएको ग १ झ ५६३ नम्बरको सवारीको चाबी मन्त्रालयका सचिव शम्भुप्रसाद रेग्मीलाई हस्तान्तरण गरेका हुन् ।
मन्त्री थापाले विसं २०७४ को निर्वाचनमा निर्वाचित भएपछि प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएको विवरण सार्वजनिक गरेका थिए ।

राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिताबारे जानकारी
मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार, राजनीतिक दल र स्वतन्त्रका उम्मेदवारलाई निर्वाचन आचारसंहिताको बारेमा जानकारी गराएको छ ।
निर्वाचन आचारसंहिता सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार, राजनीतिक दल, सुरक्षा निकाय, सरकारी कार्यालयका प्रमुख तथा सञ्चारकर्मीलाई मङ्सिर ४ गते हुने निर्वाचनको आचारसंहिताका विषयमा जानकारी गराएको हो ।
राजनीतिक दल, उम्मेदवार, तीनका भ्रातृ संस्था तथा सञ्चारकर्मी र मिडियाले गर्नुपर्ने आचारसंहिताका विषयमा जिल्ला निर्वाचन अधिकृत सुरेश भण्डारीले सो अवसरमा जानकारी गराए । उनले आचारसंहिताको पालना नगरेमा हुने कारबाहीको बारेमा पनि जानकारी गराएका थिए ।
कार्यक्रममा राजनीतिक दल तथा स्वतन्त्रबाट सङ्घ र प्रदेशमा उम्मेदवारी दिएकाहरूले आचारसंहिता पूर्णरूपमा कार्यन्वयन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । अर्घाखाँचीमा सङ्घतर्फ ११, प्रदेश ‘क’ मा आठ र प्रदेश ‘ख’ मा नौ गरी २८ जनाको उम्मेदवारी रहेको मुख्य निर्वाचन अधिकृत डा श्री कृष्ण भट्टराईले जानकारी दिए । उनले निर्वाचनको समयमा सामाजिक सञ्जाल र मिडिया प्रयोगको बारेमा उम्मेदवार र दलका प्रतिनिधिलाई जानकारी गराएका थिए ।
निर्वाचन स्वच्छ, भयरहित वातावरणमा सम्पन्न हुने भएकाले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई  ढुक्क भएर आचारसंहिताभित्र बसेर निर्वाचन केन्द्रित कार्यक्रम गर्न प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले आग्रह गरे । जिल्लामा एक लाख ६४ हजार सात सय ६८ मतदाता छन् ।

 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  ०५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार