सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सत्ता समीकरणका लागि महत्वपूर्ण मानिएको जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताले सरकार गठनका लागि कसलाई समर्थन गर्नेमा निर्णय नगर्दा सरकार गठनको प्रक्रिया लम्बिएको छ । जसपा शीर्ष नेताले यसबीचमा धेरै पटक प्रधानमन्त्री केपी ओलीलाई सथर्मन गर्ने वा कांग्रेस–माओवादी–जसपाको सरकार बनाउने भन्ने निर्णय नगर्दा सरकार गठनको प्रक्रिया लम्बिएको छ । मंगलरबा जसपा शीर्ष नेताहरुले मुलुकको पछिल्लो राजनीतिक अवस्था र निकास विषयमा केन्द्रित रही छलफल गरे । पार्टी कार्यालय बालकुमारीमा पार्टी पदाधिकारीबीच समसामयिक राजनीतिक परिस्थिति र पार्टीले खेल्न सक्ने भूमिकामा केन्द्रित रहेर छलफल भए पनि कुनै ठोस निर्णय र निष्कर्षमा नपुगेको जानकारी दिइएको छ । अध्यक्ष उपेन्द्र यादव र नेता डा बाबुराम भट्टराईले वर्तमान राजनीतिक निकासका लागि कार्यकारिणी समितिबाट निर्णय गरेर अघि बढ्न उचित हुने भएकाले केही दिनभित्रै बैठक बोलाउन प्रस्ताव गरेको कार्यकरिणी समिति सदस्य केशव झाले जानकारी दिए । अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले भने कोभिड–१९ को सङ्क्रमण जोखिम बढिरहेको र लकडाउनका अवस्थामा घोषणा भइसकेकाले सहज अवस्था नरहेको जनाउँदै छलफलमा कोरोना सङ्क्रमणको गति केही मत्थर भएपछि मात्र बैठक राख्न उचित हुने धारणा राखेका थिए । पार्टीको माथिल्लो तहको निर्णय गर्ने अधिकार प्राप्त महत्वपूर्ण संरचनाका रूपमा जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । छलफलमा अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव तथा डा भट्टराई, महतो, अशोककुमार राई र राजेन्द्रप्रसाद श्रेष्ठ सहभागी थिए ।