सीमा व्यवस्थित गर्न निर्देशन 

शनिबार, वैशाख ११, २०७८

मोरङ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएका छन् । मन्त्री राईले भारतमा कोरोना सङ्क्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र त्यसक्षेत्रको आसपासको क्षेत्रबाट आवागमन बढेपछि शुक्रबार स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई उक्त निर्देशन दिएका हुन् । भारतमा कोरोना सङ्क्रमण तीव्ररूपमा बढीरहेको अवस्थामा सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको भीड लाग्ने गरेको पाइएकोले सरकारको निर्देशनअनुसार कार्य गर्नुपर्नेमा उनले जोड दिइन् ।  मन्त्री राईले सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्न, स्वास्थ्य परीक्षण गर्न निर्देशन दिइन्  ।  उनले दैनिक अत्यधिक सङ्ख्यामा मानिस नेपाल प्रवेश गरेको पाइएको छ भन्दै अविलम्व नियन्त्रण गर्नुपर्ने आवश्यक्ता आंैल्याए ।  मन्त्री राईले सीमा क्षेत्रमा चोरवाटो प्रयोग गर्नेलाई नियन्त्रण गर्न जोड दिँदै मुख्य नाकाबाट मात्र आवाज–जावतको व्यवस्था मिलाउन निर्देशन दिए ।  सशस्त्र प्रहरी वलका प्रहरी उपरीक्षक तीर्थ पौडेलले सीमा नाकामा सुरक्षा जाँच कडा गरेको र शंकास्पदको चेकजाँच गरी सम्वन्धित निकायमा जानकारी गराउने गरेको मन्त्री राई समक्ष जानकारी गराएका थिए । उनले पहिलेको तुलनामा सीमा क्षेत्रमा आवतजावत गर्ने कार्य नियन्त्रण हुँदै गएको बताए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  ०५:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार