माओवादी केन्द्रले हटायाे राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई

सांसद खड्काको दल त्यागसम्बन्धी सूचना सङ्घीय संसद्मा 
शनिबार, वैशाख ११, २०७८

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले दल त्याग गरेको सूचना सङ्घीय संसद्लाई जानकारी गराएको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयअनुसार नै सो दलका नेता दीनानाथ शर्माले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम खड्काले दल त्याग गरेको सूचना सङ्घीय संसद्लाई दिएका हुन् ।  सांसद खडकालाई माओवादी केन्द्रले गत चैत २७ मा कारवाहीका लागि स्पष्टिकरण सोधेको थियो । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  ०५:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार