सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली । कोरोना महामारी नियन्त्रणको अन्तिम बिकल्प प्रभावित क्षेत्रलाई अन्य क्षेत्रसँगबाट अलग गर्नु नै रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । कोभिड सङ्क्रमणको दोस्रो लहर थप जटिल हुँदै गएपछि प्रधानमन्त्री मोदीले समस्यालाई नियन्त्रणमा राख्न प्रतिबन्धात्मक निर्देशनको सहारा लिनुको विकल्प नदेखिएको बताएका हुन् । देशबासीको नाममा गरेको सम्बोधनमा भारतीय प्रधानमन्त्री मोदीले अनावश्यक काममा घरबाट बाहिर ननिस्कन र स्वास्थ्य सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । उनले भारतमा कोरोना बिरुद्धको खोप अभियान तीब्र गतीमा अघि बढिरहेकोले यसबाट कोही भारतीय नागरिक बन्चित नहुने विश्वास व्यक्त गर्दै सरकारले महामारी नियन्त्रणका लागि यथासम्भब काम गरिरहेको पनि उल्लेख गरे । उनले देशका युवाहरूलाई कोभिड सचेतना अभियान चलाउनसमेत आग्रह गरेका छन् । भारतमा कोरानाका कारण हालसम्म एक लाख ८२ हजार ५०० बढीको मृत्यु भइसकेको छ भने सङ्क्रमितको सङ्ख्या एक करोड ५६ लाख नौ हजार बढी पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या करिब ३ लाख पुगेको छ भने करिब दुई हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।–एएनआई