पाँचखालमा ग्यास लिक भई आगलागी हुँदा जलेर एक जना भारतीयको 

सोमबार, असोज ३, २०७९

काभ्रे   । पाँचखाल नगरपालिका–४ पुरानो बजार डेरा गरी बस्ने भारत सिलामडी बखडी घर भएका ४२ वर्षीय शंकर साहको जलेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै डेरामा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।   

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार