सोसल मिडिया
Contact Us
युनिकोड
महोत्तरी। महोत्तरीको मटिहानीस्थित ऐतिहासिक लक्ष्मीनारायण मठ (मन्दिर) बाट विजयादशमीको अवसरमा प्रत्येक वर्ष निकालिँदै आएको परम्परागत शोभायात्रा आज विधिवत् रूपमा निकालिएको छ । विजयादशमीको पावन अवसरमा बाजागाजासहित भगवान् श्री लक्ष्मीनारायणलाई डोलामा विराजमान गराई मन्दिरबाट निकालिएको शोभायात्राले मटिहानी र भारतको मधवापुर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो। धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्त्व बोकेको उक्त जात्रामा भक्तजन तथा स्थानीयवासीको सहभागिता रहेको थियो । यसैबीच, विजयादशमीकै दिन लक्ष्मीनारायण मठ मन्दिरमा नेपाली सेनाको गोरखनाथ गणबाट खटिएको एक टुकडीले भगवान् श्री लक्ष्मीनारायणप्रति सलामी अर्पण गरेको छ । मठ मन्दिरमा पहिलोपटक भगवान् श्री लक्ष्मीनारायणलाई नेपाली सेनाद्वारा सलामी अर्पण गरिएको हो । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस शोभायात्राले मटिहानी क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई थप उजागर गरेको छ ।