अछाम बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या १७ पुग्यो, ६ जना बेपत्ता (अपडेट) 

शनिबार, असोज १, २०७९

अछाम । अछाममा शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोबाट ज्यान गुमाउनको संख्या १७ पुगेको छ । कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।
ज्यान गुमाउनेहरूमा कमलबजार नगरपालिका वडा नम्बर ७ ठाँटीखाँदका सात जना, वडा नम्बर ८ मा पाँच जना, तुर्माखाद गाउँपालिकाका चार जना र ढकारी गाउँपालिकाका एक गरी १७ जना पुगेका छन् ।

202209171054-22e42d15-2a31-4d6d-981f-8476f3858a50_medium1663392016.jpg
बाढी पहिरोमा परी अझै ६ जना बेपत्ता रहेको उनको भनाइ छ । बाढी पहिरोमा घाईते भएका ११ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत पाठाएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । बाढी तथा पहिरोमा परि बेपत्ता भएकाको खोजी कार्य जारी रहेको छ । 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार