सोसल मिडिया
Contact Us
युनिकोड
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले मेक्सिकोमा अरु देशबाट आएका आप्रवासी बालबालिकाको संख्या बढ्दै गएको देखाएको छ । प्र्रतिवेदनले यो वर्ष अर्थात् सन् २०२१ लागेपछि मेक्सिकोमा अवैधानिकरुपबाट आइपुग्ने बालबालिकाको संख्या करिब तीन हजार ५०० जति पुगिसकेको देखाएको छ । यसरी मेक्सिको छिर्नेमध्येका करिब ३० प्रतिशत बालबालिका आफ्ना आमाबुबा या अभिभावक विना नै त्यहाँ पुग्ने गरेका छन् । यो क्रम प्रायःदिनहूजसो हुने गरेको बताइन्छ । उनीहरु हाल मेक्सिकोका विभिन्न आश्रयस्थलमा बस्ने गरेका छन् । ती आश्रयस्थलमा बसेकासँग कुने कागजात पनि नभएका र आफ्ना अभिभावक पनि नभएका पाइएको छ । ती बालबालिका अधिकांश होन्डुरस, ग्वाटेमाला, एल साल्भाडोरका रहेका छन् । त्यस्तै तीनै बालबालिकासँग मिसिएर आश्रयस्थलमा बस्ने कतिपय त मेक्सिकोकै बालबालिका पनि रहेका यहाँका अधिकारीले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घले सन् २०२० का पहिला केही महिनामा यहाँ पुग्ने बालबालिकाको संख्या ३८० मात्र रहेकोमा अहिले चालू वर्षको शुरुआतमै यति धेरै संख्यामा ती बालबालिका मेक्सिको पुगेको जनाएको छ । मेक्सिकोबाट ती बालबालिका दिनहूँ सयौँको संख्यामा अमेरिका प्रवेश गर्ने अवसर कुरेर बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ । यहिले यसरी ती देशबाट भागेर मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने प्रयासमा वयस्क पनि रहेका छन् । यसैमा यी बालबालिका पनि अमेरिका छिर्ने प्रयासमा देखिएको पाइन्छ । हुनत मेक्सिको र ती देशबाट अमेरिका छिर्ने नागरिक यस अघि पनि रहने गरेकामा अहिले कोभिड–१९ को महामारीका कारण पनि बालबालिका ती देशबाट भाग्ने गरका पाइएको छ ।–सिन्ह्वा