अन्तर्राष्ट्रिय हस्तक्षेपपछि दुई छिमेकीलाई मिल्न कति वर्ष लाग्ला ?

आर्मीनिया–अजरबैजान द्वन्द्व 
मंगलबार, मंसिर १६, २०७७

मस्को । दुईवटा पूर्व सोभियत राष्ट्र आर्मीनिया र अजरबैजानबीच विवादित नगोर्नाे काराबाख क्षेत्रमा सेप्टम्बर अन्तिमतिरबाट लडाइँ सुरु भयो । जसमा स्पष्ट रूपमा आर्मीनियामाथि अजरबैजानको हात माथि देखिन्छ । अन्तर्राष्ट्रिय चासो र पहलकाबीच पनि दुवै देशबीच लडाइँ चलिरहेको थियो । तर अचानक रुसले कदम अघि बढाउँदै शान्ति सम्झौतामा भूमिका निर्वाह ग¥यो । काराबाखको राजधानी स्टेपनाकियर्टमा उसका शान्तिस्थापकहरूले प्रवेश गरे । त्यसअघि सबैले टर्कीले अजरबैजानलाई खुला साथ दिँदै ‘खेल’को नेतृत्व गरिरहेको ठानेका थिए । ती दुई देशबीच नजिकको जातीय र सांस्कृतिक सम्बन्ध छ । तर तीन साताअघि सोमवार राती आर्मानिया, अजरबैजान र रुसका नेताहरूले अनलाइनमार्फत् छलफल गरेपछि नौ बुँदे सम्झौता गरेसँगै नगोर्नाे काराबाख क्षेत्रको हिंसा रोकिएको थियो । द्वन्द्वमा कति मारिए भन्ने स्पष्ट छैन र तर रुसी राष्ट्रपतिले अक्टोबर महिनामा करिब पाँच हजार मानिसले ज्यान गुमाउनु परेको बताएका छन् । त्यसअघि अजरबैजानले युद्ध जित्दै गएको देखिएको थियो । उसको फौजले सन् १९९४ देखि आर्मीनियाको नियन्त्रणमा रहेका अधिकांश अजरबैजानका प्रान्तहरू फिर्ता लिँदै गए । तीन देशका नेताहरूबीच नगोर्नाे काराबाख आसपासका बाँकी क्षेत्र आर्मीनियाली सेनाले छाड्ने र त्यसमा अजरबैजानको नियन्त्रण हुने कुरा स्वीकार गरे । रुसको शान्ति स्थापक सेनाले फेरि त्यहाँ लडाइँ नहोस् भन्ने सुनिश्चित गर्न दुवै पक्षलाई आमने–सामने हुन नदिने जिम्मेवारी पायो ।

काराबाखमा अब कस्तो शासन ?
रुसलाई नगोर्नाे काराबाख क्षेत्रका आर्मीनियालीलाई आर्मीनिया गणतन्त्रसँग जोड्ने पाँच किलोमिटर करिडोरलाई सुरक्षित राख्ने अभिभारा पनि दिइयो । तर अझै पनि आर्मीनियाको नियन्त्रण बाँकी रहेको काराबाख क्षेत्रको शासन व्यवस्था भविष्यमा कसरी चल्छ भन्ने स्पष्ट छैन । नगोर्नाे काराबाख क्षेत्रको द्वन्द्व सोभियत संघको विघटनपछि बढ्दो राष्ट्रिय पहिचानको परिणाम हो । नयाँ स्वतन्त्र बनेका दुवै देश अजरबैजान र आर्मीनियाले एक अर्कासँग लड्न सोभियन सेनाले छाडेका हतियारको प्रयोग गरेका थिए । सन् १९९४ को अन्त्यसम्ममा उसले नगोर्नाे काराबाख क्षेत्र र आसपासमा पर्ने अजरबैजानका सातवटा इलाकामा नियन्त्रण जमाउन सफल भयो । त्यसपछि दुवै देशबाट एक अर्काका नागरिकलाई निकालियो र करिब १० लाख मानिस शरणार्थी बने ।

अजरबैजानको सैन्य क्षमतामा वृद्धि
यस वर्षको सेप्टेम्बर २७ मा गुमाएका इलाका फिर्ता लिन अजरबैजानले आक्रमण सुरु नगर्दासम्म द्वन्द्व कायम थियो र बेलाबखत लडाइँ हुने गरेका थिए । पछिल्लो लडाइँले दुई देशको सैन्य शक्ति सन्तुलनमा नाटकीय परिवर्तन आएको कुरा छिट्टै स्पष्ट गरिदियो । 
‘क्यास्पियन सी’ मा पत्ता लागेको तेल र ग्यासको स्रोत अजरबैजानको निम्ति अर्थतन्त्र पुनर्निर्माणको महत्वपूर्ण आधार बन्यो । उसले कमाएको ठूलो रकम सैनिक क्षमता बढाउन पनि उपयोग ग¥यो । केही वर्षमा राम्रा ट्यांक, गोलाबारुद र महत्वपूर्ण कुरा आधुनिक प्रविधिको खरिदमा उसले अर्बाैं डलर खर्च ग¥यो । युद्ध क्षेत्रमा व्यापक रूपमा ड्रोनको प्रयोग गर्ने अजरबैजान पहिलो पूर्व सोभियत राष्ट्र हो । आफ्नो फौज परिचालन गरेर रुसले त्यहाँको भूभागको स्थिति पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको छ । त्यहाँ उसका दुई हजार प्याराट्रुप सैनिक रहने छन् । न आर्मीनिया न अजरबैजान न त टर्की कसैले पनि रुसी सैनिकको जीवन खतरामा पार्ने कुनै काम गर्ने जोखिम मोल्ने छैनन् । 

रुस पहिल्यै किन अघि बढेन ?
निश्चित रूपमा भन्न त गाह्रो छ तर पक्कै कुरा के हो भने आर्मीनियाका प्रधानमन्त्री निकोल पाशिन्यान र रुसी राष्ट्रपति भ्लादिमीर पुटीनबीच राम्रो सम्बन्ध छैन । पाशिन्यान निकै सफल लोकप्रियतावादी नेता हुन् । महत्वपूर्ण कुरा उनी नागरिक आन्दोलनको बलमा शक्तिमा आएका हुन् । जुन परिवर्तनलाई पुटीनले पश्चिमाहरूको प्रेरणामा भएको सरकार परिवर्तनको रूपमा हेर्छन् ।

आक्रोश
आर्मीनियामा प्रधानमन्त्रीप्रति आक्रोश पनि देखा परेको थियो । पछिल्लो हारपछि पाशिन्यानको राजनीतिक भविष्य अन्योलमा देखिन्छ । आर्मीनियाका राष्ट्रपति आर्मेन सर्किस्यान समेत युद्धविरामप्रति असन्तुष्ट रहेको बताइन्छ । तर सम्झौता भइसकेको छ र रुसले प्रभावशाली ढङ्गले त्यहाँको सम्पूर्ण अवस्था नियन्त्रणमा लिएको छ । उसले दुवैतर्फ सन्तुलन राख्ने प्रयास गरिरहेको देखिएको थियो । आर्मीनियालाई शान्ति सम्झौतामा टिकाउने रुसको उद्देश्य देखिन्छ सँगै उसमाथि आक्रमण नहोस् भन्नेमा जोड दिइरहेको छ । नेटो सदस्य टर्कीले खुला रूपमा अजरबैजानलाई साथ दिँदै यदि आग्रह गरिए सहयोगको निम्ति सेना पठाउने वाचा पनि गरेको थियो । साउथ ककेसस क्षेत्रमा रुस र टर्कीबीच सम्भावित द्वन्द्व वास्तविक ठानिएको छ ।

खुसीयाली
शान्ति सम्झौतापछि अजरबैजानमा खुसीयाली मनाइयो । तर त्यो पनि सम्भवतः सिरिया र लिबियामा सवाधानीपूर्वक खेलिएको खेल जस्तै हो । जब टर्कीश र रुसी सैनिक एवम् राजनीतिक स्वार्थहरू बाझ्ने गर्छन् अन्ततः सधैँ नै साझा विन्दु पहिल्याउँछन् ।
३० वर्षको पर्खाइ अन्त्य
जब रुसले अन्तिम समयमा कदम उठायो नगोर्नाे काराबाख क्षेत्रमा पनि त्यस्तै देखियो । त्यसैले केही हदसम्म त्यहाँको द्वन्द्वमा अजरबैजान जस्तै रुसलाई पनि विजेताको रूपमा हेर्न सकिन्छ ।

आर्मीनिया, अजरबैजान र रुसबीच शान्ति सम्झौता
युद्धविरामलाई लिएर सामान्यतया अजरबैजानमा खुशी देखिएको छ ।
आर्मीनियाले कब्जा गरेको क्षेत्र फिर्ता भएसँगै हजारौँ अजेरीहरूको घर फर्किने करिब ३० वर्षको अन्योलपूर्ण पर्खाइको पनि अन्त्य भएको छ । तैपनि सिंगो नगोर्नाे काराबाख क्षेत्र फिर्ता लिन नसकेको असन्तुष्टि पनि कतिपयमा पाइन्छ । आर्मीनियामा रुसले छिट्टै र क्षति रोक्न पहिल्यै त्यस्तो कदम नउठाएकोमा आक्रोश छ ।

प्रदर्शनकारी
प्रदर्शनकारीले आर्मीनियामा संसद् र सरकार कार्यालय तोडफोड गरेका थिए । तर लडाइँ जारी रहेको भए नगोर्नाे काराबाख क्षेत्रमा कोही आर्मीनियाली पनि बच्ने थिएनन र परिणाम अहिलेको भन्दा निकै पीडादायी हुने थियो भन्ने कुरा उनीहरू पनि मान्छन् ।अमेरिका र युरोपेली संघ यो शान्ति सम्झौताभन्दा पूर्ण रूपमा बाहिर देखिन्छन् ।

भविष्य के हुन्छ ?
युद्धको ठूलो मार द्वन्द्व क्षेत्रका आर्मीनियाली नागरिकले बेहोर्नु प¥यो । राम्रो खबर किन हो भने थप सैनिक र नागरिकले अनावश्यक रूपमा मारिनु पर्ने छैन । त्यस्तै तीन वर्षदेखि रित्ता रहेका आफ्नो गाउँ फर्किन सक्ने भएकाले आन्तरिक रूपमा विस्थापित सबै अजरबैजानीहरूको निम्ति पनि यो खुशीको समाचार हो । त्यस्तै नगोर्नाे काराबाख क्षेत्रका नागरिक पनि घर फर्किन सक्छन् । तर नगोर्नाे काराबाखको वर्तमान र भविष्य, प्रशासनिक र कानुनी प्रणाली वा प्रहरी व्यवस्थाबारे कुनै संकेत प्राप्त भएको छैन । उसले आफूलाई स्वघोषित गणतन्त्र भन्दै आएको थियो । तर आर्मीनियासमेत कसैले पनि मान्यता दिएका थिएनन् । एक महिनाअघि एक अर्कालाई धेरै घृणा गर्ने दुईथरी राष्ट्रियता आपसमा कसरी थप नजिकै बस्दैछन् भन्ने यतिबेलाको सबैभन्दा ठूलो प्रश्न हो । युद्ध र त्यसमा बगेको रगत र दुवैतर्फ देखिएको हिंसाका कारण दुवै छिमेकी देश छिमेकी सरह मिलेर बस्न अझै कैयौँ वर्ष लाग्ने हो कि भन्ने डर छ ।–बीबीसी 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  २०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार