सार्वजनिक यातायातको भाडा बढ्यो 

बुधबार, चैत २५, २०८२

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनको मूल्यमा बृद्धि भएसँगै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो । सरकारको निर्णय अनुसार सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले लोकान्तरलाई जानकारी दिए । यस्तै, मालवाहक सवारी साधनको भाडामा पनि वृद्धि भएको छ । उनका अनुसार पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ । यातायात व्यवस्था विभागले भाडा समायोजनको स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको थियो । विभागको प्रस्तावलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सदर गरेसँगै अब विभागले औपचारिक रूपमा सूचना जारी गरेपछि नयाँ भाडा लागू हुनेछ ।​

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार