लापिलाङ पहिरोबारे सांसद खरेलको ध्यानाकर्षण, तत्काल समाधानको माग

बुधबार, चैत २५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकास्थित लापिलाङ क्षेत्रमा भइरहेको पहिरोको समस्या प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । आजको प्रतिनिधिसभाकोे शून्य समयमा बोल्दै उनले उक्त क्षेत्र विगत ७ वर्षदेखि पहिरोको उच्च जोखिम रहेको बताएका हुन् । ‘यस वर्ष वर्षा लागेसँगै सुरक्षाकर्मीहितको सैरनको व्यवस्था गरियोस । यो वर्ष तत्कालै भूगर्भविद् खटाएर पहिरो गएको ठाउँमा निराकरण गर्न गरियोस्,’ उनले भने । पहिरोको स्थायी समाधानका लागि तुरुन्तै भूगर्भविद् खटाएर अध्ययन गरी प्रभावित क्षेत्रमा आवश्यक निराकरणका उपाय लागू गर्न पनि उनले सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार