सर्वाेच्चको न्यायाधीशमा नियुक्त कुमार चुुँडाल र नहकुल सुवेदीले लिएर शपथ

बुधबार, वैशाख ८, २०७८
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । सर्वाेच्च अदालतका न्यायाधीश डा.कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।  सर्वाेच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उनीलाई शपथ गराएका हुन् ।  शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र  सर्वोच्च अदालतका न्यायाधीश सहभागी थिए ।  राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरु दुवैलाई संघीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि सोमबार न्यायाधीशमा नियुक्त गरेकी थिइन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १४:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार