स्यालले टोक्दा महोत्तरीमा चारजना गम्भीर घाइते

सोमबार, भदौ २७, २०७९

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली गाउँमा आज स्यालले टोक्दा चारजना गम्भीर घाइते भएका छन् । उनीहरू सबै एउटै टोलका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । गाउँ नजिकैको वनको झारीबाट टोलमा पसेको एउटा स्यालले स्थानीय ३५ वर्षीया पुनमदेवी सोनार, १३ वर्षीया रेणुकुमारी सदा, ६५ वर्षीया सोनावती सदा र १६ वर्षीया बबन चौधरीलाई टोकेर घाइते बनाएको हो ।
घाइतेको अनुहार, पेट, छाती तथा शरीरको अन्य भागमा घाउ छ । चारै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको बताइएको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  ०५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार