मिडिया काउन्सिल विधेयकबारे सभापतिलाई ध्यानाकर्षण

सोमबार, भदौ २७, २०७९

काठमाडौँ ।सङ्घीय संसद्मा विचाराधीन मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रताको हनन् गर्न नहुने भन्दै सरोकार पक्षले संसदीय समितिलाई ध्यानार्षण गराएका छन् । 

तराई विकास तथा सञ्चार केन्द्रले विधेयकबारे आज सरोकारवालासँग आयोजना गरेको छलफल कार्यक्रममा प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्कासमक्ष वरिष्ठ सञ्चारकर्मीहरूले पत्रकारको अहित गर्ने गरी कानून ल्याउन नहुने बताएका हुन् । 

पत्रकारको सुझाव ग्रहणपछि सभापति खड्काले प्रेस जस्तो संवेदनशील विषय हतारमा कानून ल्याउन नहुने बताए । उनले मिडियाको विकास र सम्वद्र्धन गर्न गम्भीरतापूर्वक लाग्ने सवालमा प्राथमिकता दिनुपर्ने पक्षमा आफू रहेको र प्राप्त सुझाव मनन् गरिने विश्वास दिलाए ।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  ०५:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार