निर्वाचनमा तीन तहको सुरक्षा घेरा बनाइने

आइतबार, भदौ २६, २०७९

काठमाडौं,  । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले तयार गरेको एकीकृत सुरक्षा योजना पारित गरिएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो ।‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ पारित भएको गृह प्रवक्ता एवं सहसचिव फणिन्द्रमणी पोखरेलले बताए ।बैठकले तहमा सुरक्षा घेरा बनाउने निर्णय पारित गरेको उनले बताए । निर्वाचन आयोगले निर्धारण गर्ने मतदान केन्द्रको आधारमा चुनावमा परिचालन गर्ने सुरक्षाकर्मीको संख्या परिचालन गर्ने बैठकले निष्कर्श निकालेको छ ।निर्वाचन सुरक्षाको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा सेना खटाउने निर्णय गरिएको छ । सेना परिचालनका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई आग्रह गर्नुपर्छ ।    

 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  २१:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार