स्रोत नखुलेको ७ लाख ५३ हजारसहित वीरगञ्जबाट एक जना पक्राउ

आइतबार, भदौ २६, २०७९

वीरगञ्ज,  । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरिया नगरपालिका वडा नम्बर ९ बैरिया विर्ता बस्ने ३५ वर्षीय महम्द रिजवान आलम रहेका छन् ।वीरगञ्ज महानगरपालिका–२ श्रीराम सिनेमा हल पछाडिको गोरेटोबाट दिउँसो साढे १ बजे उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।प्रहरीले उनी सवार प्रदेश २–३–०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाइकल रोकी चेकजाँच जिन्सपाइन्टको खल्तीबाट ७ लाख ५३ हजार ३ सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

 

 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार