चितुवाको आक्रमणबाट एकजना घाइते

शनिबार, भदौ २५, २०७९

मधुवन,  ।  बर्दियाको मधुवन नगरपालिका–४ बेल्वमा चितुवाको आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन् ।इलाका प्रहरी कार्यालय ढोढरीका अनुसार मधुवन नगरपालिका–४ बेल्वाका ५६ वर्षीय हरिहर सापकोटा चितुवाको आक्रमणमा परी घाइते भएका हुन् । उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । सापकोटाको पाखुरा तथा शरीरका अन्य भाग घाउ रहेको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार