पत्रकारको क्षमता अभिवृद्धि प्रेस युनियनको प्राथमिकता

पत्रकारको क्षमता अभिवृद्धि गर्न  ७३ वटा तालिम 
शनिबार, भदौ २५, २०७९

जनकपुर ।  नेपाल प्रेस युनियनले पत्रकारहरुको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि चालु आर्थिक वर्षभित्र ७३ वटा क्षमता अभिवृद्धिका तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । युनियनले जिल्ला शाखासँग समन्वय गरी पत्रकारको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि तालिम तथा अभिमुखीकरण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो । त्यस्तै, एक पालिका एक पत्रकारको अवधारणा अघि बढाउँदै पत्रकारको क्षमता विकासलाई विशेष प्राथमिकता दिने निर्णय समेत युनियनले गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आधारभूत र बिटमा केन्द्रित रहेर युनियनले तालिम संचालन गर्ने बताए । यी तालिमले पत्रकारको संख्या वृद्धि गर्न र क्षमता विकास गर्न सहयोग पुग्ने उनले स्पष्ट पारे ।
 

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार