पूर्वमन्त्री पोखरेलको ‘गन्तव्य समाजवाद’ सार्वजनिक

शुक्रबार, भदौ २४, २०७९

काठमाडौँ,  ।  पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘गन्तव्य समाजवाद’ आज सार्वजनिक भएको छ । पूर्वराजदूत नीलाम्बर आचार्य, बुबा इन्द्रप्रसाद र आमा रनधाता पोखरेललगायतले उक्त पुस्तक सार्वजनिक गरेका  हुन्.  ।  पूर्वराजदूत आचार्यले पुस्तकमा समाजवादका विषयमा गहन अध्ययन गरी तयार पारिएको हुनाले पढ्नका लागि पुस्तक उपयुक्त भएको बताए  ।
 लेखक पोखरेलले नेपालको राजनीतिक परिवर्तनमा एमालले खेलेको भूमिका, संविधान निर्माणमा पु¥याएको योगदान र कम्युनिष्ट सरकारको नेतृत्वमा भएका उपलब्धिलाई पुस्तकमा समेटेको बताए  । “मुलुकको विकासका लागि प्राकृतिक स्रोतसाधनको कसरी उपयोग गर्न सकिन्छ भन्ने बारे आफ्ना दृष्टिकोण प्रस्तुत गरेको छु”, उनले भने  ।एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पुस्तकको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध घनिष्ठ र सुमधुर हुनुपर्ने, पार्टीभित्र विकृति र विसङ्गति अन्त्य गर्न पार्टी शुद्धीकरणको विशेष प्रयास हुनुपर्ने, पार्टीको आन्तरिक जीवन लोकतान्त्रिक, पारदर्शीका हुनुपर्ने भनी पार्टीका लागि दिएको सुझाव महत्वपूर्ण भएको बताए  । जनविचार पब्लिकेशन एण्ड रिसर्च परिवारले प्रकाशन गरेको उक्त पुस्तकमा विभिन्न समयमा प्रकाशन भएका चार सय लेख रचनामध्येबाट ७४ लेख रचनालाई समावेश गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार