नागरिकता विधेयक प्रमाणीकरण हुन्छ, नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड

शुक्रबार, भदौ २४, २०७९

पोखरा, । सत्तारुढ नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । शुक्रबार पोखरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण हुने बताए । तर, यदी प्रमाणीकरण नगर्ने हो भने राष्ट्रपति भण्डारीले राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ छ । 

दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि आफूसमक्ष आएको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई सुझाव र सन्देशसहित राष्ट्रपति भण्डारीले फिर्ता गरेकी थिइन् । यसपछि फेरि संघीय संसदका दुवै सदनले छलफलपछि उक्त विधेयकलाई जस्ताको तस्तै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको छ । अब उक्त विधेयक फिर्ता गर्न कानुनले नमिल्ने भएकाले राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुपर्ने प्रचण्डको दाबी छ । दोस्रोपटक पठाएको विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति भण्डारीले पदबाट राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ छ ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार