सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । एमालेको संस्थापन पक्षले ३२ सांसद्लाई पदबाट हटाउने उद्देश्यसहित स्पष्टीकरण सोधिएको घटनाप्रति सांसद गोकर्ण बिष्टले असन्तुष्टि पोखेको छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै लेखेको छन्, ‘विगत केही समय यता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधानकालागि संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्काे एकतर्फी र बिनाकारण सांसदहरुमाथी कारबाहीका घटनाहरु अघि बढाइएको छ । यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ ।’ उनले अगाडि लेखेको छन्, ‘संवादहीनता र कारबाहीको बाटो कुनैपनी हालतमा समाधान हुन सक्दैन । अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट सञ्चालन गरेर नै एकता जोगाउन सकिन्छ ।’ उनले भनेका छन्, ‘एउटा इमान्दार कार्यकर्ताका लागि पदीय हैसियत भन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छ । यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधि मार्फत समाधान खोज्न म आग्रह गर्दछु । पार्टी एकताको रक्षा गरौं ।’ एमाले संस्थापन पक्षले मंगलबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनालसहितका ३२ जना केन्द्र तथा प्रदेश सांसदलाई २ दिने स्पष्टीकरण सोधेको छ ।