सेना, प्रहरी, कलेजसहितलाई बहाल कर तिर्न काठमाडौं महानगरको पत्राचार

बिहीबार, भदौ २३, २०७९

काठमाडौं,  ।   काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, समाज कल्याण परिषद्सहितलाई बहाल कर तिर्न पत्राचार गरेको छ ।  kathmandu-tax-collage1662637427.png महानगरको राजस्व विभागले बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस र नेपाल कमर्श क्याम्पसलाई १० दिनभित्र सम्बन्धित् वडा कार्यालयमा गई निमानुसार बहाल कर र सो को जरिवानासहित बुझाउन पत्राचार गरेको हो ।  अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने महानगरले चेतावनी दिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार