क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी   

बिहीबार, भदौ २३, २०७९

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।  नुवाकोटकी नाबालिकालाई बलात्कार गरेको उजुरी प्रहरीमा परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाे हाे । बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएपछि पक्राउको अनुमति मागेको हो । प्रहरीले मागेको पक्राउ अनुमति जिल्ला अदालत काठमाडौंले बुधबार जारी गरेको हो । सन्दीपमाथि ती पीडित नाबालिकालाई गौशालाको काठमाडौं होटल इनमा लगेर ५ भदौमा बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ । हाल लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज गएका छन् ।    

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार